साना ११ दलहरुले एमसीसीको विरोध प्रदर्शन गरे

2 years ago

साना ११ दलहरुले एमसीसीको विरोध प्रदर्शन गरे

नेकपा मसाल, नेकपा क्रान्तिकारी माओवादी, राष्ट्रिय जनमोर्चा, देशभक्त गणतान्त्रीक मोर्चा लगाएत साना ११ दलले एमसीसीको विरोधमा मंगलबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

उक्त बिधेयक देशको हित विपरित भएको भन्दै उनीहरुले मंगलबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेको हो । कांग्रेसको पूर्ण समर्थनको सुनिश्चितताका आधारमा सरकारले यसलाई पारित गराउन लागेको भन्दै संघर्षको कार्यक्रम गरिएको उक्त दलले जनाएको छ ।

प्रदर्शनीमा एमसीसी सम्झौता खारेज गर्न माग गर्दै खारेज गर्नु पर्ने कारणहरु उल्लेख गरिएको नाराहरु लेखिएको प्लेकार्ड पनि प्रदर्शन गरिएको थियो । प्रदर्शनमा सहभागी एसीसी सम्झौता राष्ट्रघाती सम्झौता भएकोले नेपाल र नेपालीको स्वाधीनता र स्वाभिमान गर्ने कुनै कार्य नगर्न सरकारलाई चेतावनी दिएको थियो ।