सुनको मूल्य तोलामा ३०० सय बढ्यो ९२ हजार ५०० रुपैयाँमा कारोबार

2 years ago

सुनको मूल्य तोलामा ३०० सय बढ्यो ९२ हजार ५०० रुपैयाँमा कारोबार

साताको पहिलो दिन आइतबार सुनको मूल्यमा ३०० सय रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार बढेर ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छ।

तेजावी सुन भने तोलामा ९२ हजार ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । चाँदी शुक्रबार तोलामा ९९५ रुपैयाँमा कारोबार भएको थियो भने आज  १ हजार ५ रुपैयाँ तोलामा कारोबार भएको छ ।