सुनको मुल्य अहिले सम्मकै उच्च आज तोलामा ९४ हजार ५ सयमा कारोबार

2 years ago

सुनको मुल्य अहिले सम्मकै उच्च आज तोलामा ९४ हजार ५ सयमा कारोबार

आज सुनको मुल्य बढेर  तोलामा ९४ हजार ५ सयमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँले बढेर सुनको भाउ ९४ हजार ५ सय रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले तेजाबी सुनको मूल्य भने ९४ हजार ६५ रुपैयाँ प्रतितोला तोकेको छ।

आज चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले बढेर प्रतितोला ११ सय ४५ रुपैयाँमा कारोबार भएको छ। सुनचाँदीको मूल्य बढेपछि बजारमा सुनचाँदी खरिद गर्ने ग्राहक भने नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विश्व अर्थतन्त्रमा देखिएको कोरोना असरका कारण सुनको भाउ बढेको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताएका छन्। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस २ हजार डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ भने त्यसको असर नेपाली बजारमा पनि पर्न सक्ने उहाँले बताएका छन् ।