सडक पिच गर्नुपर्ने भन्दै हरिसिद्धिमा विरोध

2 years ago

सडक पिच गर्नुपर्ने भन्दै हरिसिद्धिमा विरोध

सडक पिच गर्नुपर्ने भन्दै ललितपुरको हरिसिद्धिका बासिन्दाहरुले सडकमै धान रोपेर विरोध जनाएका छन् ।

‘गुमज महिला समूह’को आह्‍वानमा हरिसिद्धिका विभिन्‍न महिला समूहले सोमबार सडक पिच गर्नुपर्ने मागसहित सडकमै धान रोपेर विरोध प्रदर्शनसमेत गरेका छन् । उनीहरुले सडक नै अवरुद्ध गरी नाराबाजी गर्नुका साथै हिलाम्मे सडकमा धान रोपेका थिए ।

आन्दोलित स्थानीयहरुले ‘कोरोनाले भन्दा धूलो खाएर मरिने भइयो’, ‘यो हाम्रो रहर होइन बाध्यता हो’, ‘चाँडो सडक पिच गर’ लगायत नारा लगाएका थिए । ग्राभेल हालेर पिच गर्नुपर्ने सडकमा माटो हालेर जनतालाई सास्ती दिइएको उनीहरुको गुनासो छ ।

सडक पिच नहुने बेलासम्म आन्दोलन जारी राख्‍ने स्थानीयहरुको भनाई छ ।