संघीय संसद्को चालू अधिवेशन अन्त्य

2 years ago

संघीय संसद्को चालू अधिवेशन अन्त्य

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को चालू अधिवेशन अन्त्य गर्नुभएको छ ।

मन्त्रिपरिषद्‌को सिफारिशमा संघीय संसद्को दुवै अधिवेशन बिहीबार साँझ ५ बजेदेखि अन्त्य हुने राष्ट्रपति भण्डारीद्वारा संघीय संसद्को सचिवालयलाई पठाइएको पत्रमा उल्लेख छ । संसद्को बजेट अधिवेशन २६ वैशाखमा शुरु भएको थियो ।

यसअघि प्रधानमन्त्री निबास बिहीबार नै बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद्‌को बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । निर्णय गर्नुअघि प्रधानमन्त्री केपी ओलीले राष्ट्रपतिसँग परामर्श गर्नुभएको थियो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था रहेको छ ।