शिक्षाविद् एवं समाजसेवी अंगुरबाबा जोशीको निधन

2 years ago

शिक्षाविद् एवं समाजसेवी अंगुरबाबा जोशीको निधन

शिक्षाविद् एवं समाजसेवी अङ्गुरबाबा जोशीको ८९ वर्षको उमेरमा शनिबार निधन भएको छ । उहाँको उपचारको क्रममा काठमााडैंको बाँसबारीस्थित न्युरो अस्पतालमा निधन भएको हो ।

छातीमा देखिएको संक्रमणका कारण तीन सातादेखि जोशी न्युरो अस्पतालमा उपचाररत हुनुहन्थ्यो । उहाँ नेपालको पहिलो महिला क्याम्पस प्रमुख हुनुभएको थियो । १७ वर्षअघि घाँटीमा क्यान्सर देखिएपछि क्यान्सर लागेको भाग काटेर फाल्दा जोशीको अनुहार बांगिएको थियो ।

२०१९ सालमा राजा महेन्द्रले चार सदस्यीय संविधान मस्यौदा समिति गठन गर्दा जोशी एकल महिला सदस्यका रुपमा सहभागी हुनुहुन्थ्यो । उहाँको शनिबार नै पशुपतिमा अन्तिम संस्कार गरिएको छ ।