शाक्यमुनि मन्त्रको १० करोड जप्ने लक्ष्य

2 years ago

शाक्यमुनि मन्त्रको १० करोड जप्ने लक्ष्य

आगामी जनवरी १ सम्म शाक्यमुनि मन्त्रको  १० करोड जप पु्याउने लक्ष्यमा भाग लिन बौद्ध धर्मका अनुयायीहरुलाई झोंगसार जामयांग खेन्चे रिन्पोछेले आह्वान गर्नु भएको छ ।

शाक्यमुनि मन्त्रको १० करोड जप पु्याउने अभियान सुरु भएको छ । अहिले विश्वव्यापी रुपमा  कोरोना भाइरसको महामारी फैलिरहेको बेला  शाक्यमुनि मन्त्र जप गरी प्रार्थना गरेमा  आफुभित्रको मुनित्व र शौय उजागर होस भनेर मन्त्र जपको अभियान सुरु गरिएको हो ।

शाक्यमुनी मन्त्र यस्तो रहेको छ:

ॐ मुने मुने महा मुने महामुने स्वाहा

अथवा

ॐ मुनी मुनी महामुनी शाक्यमुनि स्वाहा

अर्थ ( हामीभित्रै मुनित्व छ अर्थात मुनिमा हुने गुण छ  हामी भित्र नै शौर्य छ, साहास छ )

कसरी भाग लिने ?

तपाई यस  अभियानमा भाग लिन  चहानु हुन्छ भने आफुले जपेको  मन्त्रको गणना बुझाउनु पर्नेछ र आयोजकले दिएको ठेगानामा  आफ्नो आवाजमा रेकर्ड भएको मन्त्र   पठाउनु पर्नेछ । तपाई प्रति भगवान बुद्धको  रुची कसरी उत्पन्न भयो भनेर  दिएको ठेगानामा पठाउनु होला  ।

मन्त्र कसरी पठाउने ?

भारतमा रहेका नेपाली र नेपालभित्रका नेपालीले आफुले जपेको मन्त्र पठाउन निम्न ठेगानामा इमेल  र सम्बन्धित  व्यक्तिसँग सम्र्पक गर्नु होला ।

नेपाली भाषी भारतीयका लागी सम्पर्क व्यक्ति र इमेल

डा. कर्मा ल्हामो

Email Id; [email protected]

Whatsapp No; +919609718331

 

नेपालीहरुका लागी सम्पर्क व्यक्ति र इमेल

तारिरत्न प्रधान

Email Id; [email protected]

Whatsapp No; + 919609718331