वुहानमा कोरोनाबाट निको भएका ९० प्रतिशतको फोक्सोमा समस्या यथावत्

2 years ago

वुहानमा कोरोनाबाट निको भएका ९० प्रतिशतको फोक्सोमा समस्या यथावत्

चीनको वुहानमा कोरोना संक्रमण भएर निको भएका ९० प्रतिशत मानिसको अझैं फोक्सोको समस्या देखिएको छ भने निको भएका ५ प्रतिशत मा फेरि नतिजा पोजेटिभ देखिएको छ ।

उहान विश्वविद्यालयको झोङनान अस्पतालले अस्पतालका इन्टेन्सिभ केयर युनिटका निर्देशक पेन्ग झियोङको नेतृत्वमा गत अप्रिलबाट निको भएका बिरामीहरुको निरन्तर स्वास्थ्य अवस्थामाथि अनुसन्धान गर्दा ९० प्रतिशत बिरामीको फोक्सो अझै क्षतिग्रस्त रहेको र ५ प्रतिशत मानिसमा फेरि संक्रमण देखिएको हो। 

पेन्गको टिमले बिरामीहरुलाई ६ मिनेट हिँडाएर परीक्षण गर्दा उनीहरु ६ मिनेटमा ४ सय मिटरमात्रै हिंड्न सकेको देखियो, जबकि स्वस्थ व्यक्तिले यही अवधिमा ५ सय मिटर हिँड्न सक्छन् भन्नुको अर्थ उनीहरुको फोक्सोमा रहेका प्वालहरुले श्वासप्रश्वासका क्रममा अझै पनि सामान्य मानिसको जसरी काम गर्न नसकेको हो