विभिन्न मुलुकबाट नेपालीहरुको उद्धार

2 years ago

विभिन्न मुलुकबाट नेपालीहरुको उद्धार

शुक्रबार पनि बिभिन्न गन्तव्य मुलुकबाट नेपालीहरु स्वदेश ल्याएका छन् ।

शुक्रबार साउदी, यूएई, कतार लगाएतका देशबाट नेपालीहरु स्वदेश ल्याएको हो ।  साउदीको दमामबाट १५४ जना नेपाली स्वदेश आएका छन् । संयुक्त अरब एमिरेट्स यूएईको दुबईबाट १ सय ४८ जना यात्रु स्वदेश फर्किएका छन् । फर्किनेमध्ये १ सय १ जना महिला र ४७ जना पुरुष रहेका यूएईमा रहेका छन् भने अधिकांश महिला गर्भवती छन् ।

त्यस्तै कतारबाट ४३ जना यात्रु र २० वटा शव लिएर कतार एअरवेज पनि आएको थियो ।