विभिन्न देशमा रहेका नेपालीको उद्धार

2 years ago

विभिन्न देशमा रहेका नेपालीको उद्धार

शनिबार दमाम, रियाद, याङ्गुन, बहराइन, क्वालालम्पुर, दुबई, मेलबर्न र हङकङमा चार्टर्ड मार्फत नेपाली ल्याएको हो । शुक्रबार बिहानै बहराइनबाट नेपाल एयरलाइन्सको जहाजमार्फत २ सय ६० जना नेपाली स्वदेश फर्किएका थिए ।

त्यस्तै युएईबाट हिमालय एयरलाइन्स, नेपाल एअरलाईन्सको जहाज, कुवेतबाट जजिरा एअरलाइन्स, मलेसियाबाट हिमालय एयरलाइन्स, युएईबाट एअर अरेबियामार्फत र मलेसियाबाट नेपाल एयरलाइन्समार्फत नेपालीहरुलाई ल्याइएको नेपाली सेनाले जनाएको छ ।

विश्वभर कोरोनाको प्रकोप बढेसँगै विभिन्न देशमा समस्यामा परेको नेपालीहरुलाई स्वदेश फर्काउन सरकारले उद्धार प्रयास जारी राखेको छ । यसअघि बिहीबार मात्रै विभिन्न देशबाट ७ वटा चार्टर्ड विमानमार्फत ११ सय ८३ जना स्वदेश फर्किएका थिए ।