लकडाउन ४२

2 years ago

लकडाउन ४२

कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न सरकारले घोषणा गरेको लकडाउन जारी छ । 

सरकारले ११ चैतबाट देशव्यापी रूपमा लकडाउन घोषणा गरेको थियो । ४२ दिनसम्म आइपुग्दा लकडाउनको पूर्ण पालना भएको पाइएको छ । यद्यपि केही स्थानमा भने लकडाउनको उल्लंघन पनि भएको छ । प्रहरीले चेकजाँचमा कडाइ गरे पनि कतिपय ठाउँमा तरकारी बजार र मुख्य बजारभन्दा भित्री क्षेत्रमा लकडाउनको पूर्ण पालना भएको छैन ।

तरकारी र अन्य दैनिक उपभोग्य सामान किनमेल हुने ठाउँमा शारीरिक दूरी पालना गर्नेतर्फ उचित ध्यान पुगेको देखिँदैन। अत्यावश्यक र पासबाहक सवारीको चाप पछिल्ला दिनमा बढ्दै गएको छ। चेकजाँचमा कडाइ भएकाले पनि अहिले उपत्यकाका सडकमा सवारीहरूको लामो लाइन देख्न सकिन्छ। प्रहरीले अनावश्यक रूपमा गुड्ने र पास नलिएका सवारीलाई नियन्त्रणमा लिने गरेको छ । सरकारले २५ वैशाखसम्मका लागि लकडाउन घोषणा गरेको छ ।