लकडाउन ४१ दिन

2 years ago

लकडाउन ४१ दिन

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउन जारी छ । 

सरकारले ११ चैतबाट देशव्यापी रुपमा लकडाउन घोषणा गरेको थियो । अहिलेसम्म आइपुग्दा लकडाउनको पूर्ण पालना भएको पाइएको छ । यद्यपी केही स्थानमा भने लकडाउनको उलंघन पनि भएको छ ।

प्रहरीले चेकजाँचमा कडाई गरेपनि कतिपय ठाउँमा तरकारी बजार र मुख्य बजार भन्दा भित्री क्षेत्रमा लकडाउनको पूर्ण पालना भएको छैन । तरकारी र अन्य दैनिक उपभोग्य सामान किनमेल हुने ठाउँमा शारीरिक दूरी पालना गर्ने तर्फ उचित ध्यान पुगेको देखिँदैन ।

अत्यावश्यक र पासबाहक सवारीको चाप पछिल्ला दिनमा बढ्दै गएको छ । चेकजाँचमा कडाई भएकाले पनि अहिले उपत्यकाका सडकमा सवारीहरुको लामो लाइन देख्न सकिन्छ । प्रहरीले अनावश्यक रुपमा गुड्ने र पास नलिएका सवारीलाई नियन्त्रणमा लिने गरेको छ । सरकारले २५ वैशाखसम्मको लागि लकडाउन घोषणा गरेको छ ।