लकडाउनमा सवारी साधनको चाप

2 years ago

लकडाउनमा सवारी साधनको चाप

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन जारी छ ।

लकडाउन जारी भएपनि पछिल्लो समय उपत्यकामा सवारी चाप बढेको छ । गत चैत ११ गते देखि जारी गरिएको लकडाउनका कारण जनवीवन प्रभावित भएको छ । त्यसैले मानिसहरु लकडाउनको प्रवाह नगरी काममा निस्कदा उपत्यकाका मुख्य सडकहरुमा सवारी साधनको चाप बढ्दै गएको छ ।

त्यस्तै सरकारले लकडाउन खुकुलो बनाउने तयारी गरेको छ । कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिले लकडाउन खुकुलो बनाउने विषयमा मस्यौदा तयार पारेको छ । मस्यौदा अनुसार हालसम्म एकसय भन्दा कम संक्रमण देखिएका जिल्लाभित्र यातायात सुचारू गर्ने तयारी भएको छ ।