लकडाउनको ५२ औं दिन

2 years ago

लकडाउनको ५२ औं दिन

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड( १९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन बिहीबार पनि जारी छ । 

पटकपटक थप गर्दै जारी लकडाउनलाई ५ जेष्ठमा पुर्‍याईएको छ । नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेपछि बिहीबारबाट लकडाउनलाई थप कडाई गरेको छ । लामो लकडाउनका कारण अर्थतन्त्र प्रभावित भएको भन्दै सरकारले गएको ४२ प्रकारका उद्योग–व्यवसाय सञ्चालन गर्न स्वीकृति दिएको छ ।

तर उक्त उद्योग–व्यवसाय सञ्चालन गर्न एक तीहाइमात्र कर्मचारी राख्न सकिने व्यवस्था गरिएको छ । त्यस्तै काठमाडौं भित्रने नाकामा थप कडाई गरिएको छ भने यसअघि जारी गरिएको पास पनि खारेज गरिएको छ ।