लकडाउनको मोडालिटी परिर्वतन गर्दै सरकारी कार्यालय खुला

2 years ago

लकडाउनको मोडालिटी परिर्वतन गर्दै सरकारी कार्यालय खुला

सरकारी तथा गैरसरकारी कार्यालयहरु लकडाउनको ८३ दिनपछि खुलेसंगै काठमाडौंका सडकमा सवारी चाप बढेको छ ।

कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनको मोडालिटी परिर्वतन गर्दै सरकारले सोमबारदेखि सरकारी कार्यालय खुलाएको हो । सरकारको निर्णय अनुसार दुई सिफ्टमा गरी सोमबारबाट सरकारी कार्यालयहरु खुलेका हुन् ।

विहान ८ बजेटबाट दिउँसो १ बजेसम्म र १ बजेटबाट साँझ ६ बजेसम्म गरी दुई सिफ्टमा कार्यालयहरु सञ्चालनमा आएका हुन् । सरकारी कार्यालयसँगै गैरसरकारी कार्यालय, बैंक तथा वित्तिय संस्थाहरु पनि सञ्चालनमा आएका छन् ।

लकडाउन खुकुलो बनेसँगै सडकमा सवारीको चाप पनि बढेको हो । सरकारले जोर विजोर प्रणालीअनुसार सवारी सञ्चालन गर्ने निर्णय गरेपनि कार्यालयहरु सञ्चालन भएसँगै सवारीको चाप बढेको छ ।

लकडाउन खुकुलो भएपनि मानिसको बढी भिडभाड हुने ठाउँ, शैक्षिक संस्था, अनुमति प्राप्त बाहेक सम्पूर्ण उडानहरु, सभा सम्मेलन सबै लगायतका क्षेत्र बन्द रहेका छन् । पैदल आवागमन भने खुला गरिएको छ ।