रातो मच्छिन्द्रनाथको रथ निर्माण सुरु

2 years ago

रातो मच्छिन्द्रनाथको रथ निर्माण सुरु

लकडाउनका कारण रोकिएको ललितपुरको रातो मच्छिन्द्रनाथको रथ निर्माण सुरु भएको छ । तिथिको आधारमा बनाइने रथ गएको चैत २७ गते साइत पूजा सुरु गर्नुपर्नेमा चैत ११ गतेदेखि लकडाउन भएकाले प्रतीकात्मक रुपमा रथ निर्माण सुरु भयो भनेर जनाउनको लागि साइत पूजा मात्र गरिएको थियो । 

अहिले रथ बनाउनको लागि प्रशासनले स्वीकृति दिएपछि ललितपुरको पुल्चोकमा रथ निर्माण सुचारु भएको हो । तर रथारोहण र रथयात्रा भने अझै निश्चित भएको छैन । गएको चैत २७ गते महास्नान गरेर वैशाख १२ गते पुल्चोकमा रथारोहण गर्नुपर्नेमा यसपालि रथ बनाउन नसकेका कारण मूर्तिलाई मच्छिन्द्रबहालमा रहेको भजनपाटीमा राखिएको छ ।

त्यस्तै पाटनको तंगलमा रातो मच्छिन्द्रनाथसँगै रथजात्रा गरिने मीननाथको रथ निर्माणको काम गएको असार ३ गतेदेखि सुरु भइसकेको छ ।