मन्त्रिपरिषद्को निर्णय

2 years ago

मन्त्रिपरिषद्को निर्णय

सरकारले जारी लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ५ गतेसम्म थप्ने निर्णय गरेको हो । जारी लकडाउन वैशाख २५ गते भोली समाप्त हुँदै थियो ।

पछिल्लो समय कोरोना संक्रमितको स‌ंख्या बढेको र छिमेकी देश भारतले पनि मे १७ सम्मका लागि लकडाउन बढाएकाले सरकारले लकडाउन लम्ब्याएको हो ।

बैठकले अन्तर्राष्ट्रीय सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिनुभयो । यस्तै अन्तर्राष्ट्रीय र आन्तरिक उडानमा लगाएको प्रतिबन्धलाई पनि बढाएर जेठ १८ सम्म पुर्‍याएको छ ।

यसअघि यो प्रतिबन्ध जेठ २ सम्म जारी गरिएको थियो । यस्तै, सरकारले वैशाख २५ गते बिहीबार बुद्ध जयन्तीका अवसरमा सार्वजनिक विदा दिने र साँझ दिप प्रज्वलन गर्न पनि नागरिकहरुलाई आग्रह गरेको प्रवक्ता खतिवडाले जानकारी दिनुभयो ।