मिचेको भूभाग फिर्ता ल्याउन ठोस कुटनीतिक पहल

2 years ago

मिचेको भूभाग फिर्ता ल्याउन ठोस कुटनीतिक पहल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकले भारतले मिचेको भूभाग फिर्ता ल्याउन ठोस कुटनीतिक पहल गर्न सुझाएको छ । गत बुधबार देखि जारी नेकपा स्थायी कमिटी बैठकमा शनिबार बोल्ने अधिकाश  सदस्यहरुले नयाँ नक्सा सार्वजनिक गरेसंगै भारतसंग ठोस वार्ता गर्दै सीमा समस्या समाधान गर्न सुझाएका हुन ।

तेस्रो दिनको बैठक सकिदासम्म ३८ जना सदस्यले बोलेको र अहिलेसम्म सीमा विवाद र नयाँ नक्साका विषयमा मात्रै छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँले बैठकमा बोल्ने सदस्यहरुले नयाँ नक्सा सार्वजनिक गरसंगै भारतले मिचेको भूभाग फिर्ता ल्याउन ठोस कदम चाल्नु पर्ने सुझाब दिएको बताउनुभयो ।

भारतको हेपाह प्रवृत्तिकै कारण नेपालमा भारत विरोधी भावना बढेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य रघुजी पन्तले बताउनुभयो । उहाँले नेपाललाई दबाब दिएर आफ्नो एकलौटी हित साध्न खोज्ने र प्रभावमा राख्ने व्यवहार स्वयं भारतको हितविरुद्ध हुने चेतवनी दिनुभयो । पन्तले नेपाल र भारतबीच विद्यमान समस्याको समाधान वार्ताबाटै खोजिनुपर्ने जिकिर गर्नुभयो ।

स्थायी कमिटी बैठकको पहिलो दिन अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालले धारणा राखेका थिए । दोस्रो दिन १८ जना स्थायी कमिटी सदस्यले धारणा राखेका थिए भने तेस्रो दिन प्रधानमनत्री केपशिर्मा ओली एकैछिन बैठकमा बसेर बाहिरिएका थिए । नेकपाको स्थायी ककिटी अर्को बैठक असार १६ गते विहान ११ बस्ने गरी स्थगित भएको प्रवक्रा नारायणकाजी श्रेष्ठले जनाकारी दिनुभयो ।