भारतले अतिक्रमण गरेको भूमि समेटेर नक्सा सार्वजनिक गर्ने निर्णय

2 years ago

भारतले अतिक्रमण गरेको भूमि समेटेर नक्सा सार्वजनिक गर्ने निर्णय

नेपाल कम्युनिस्ट पार्टीका राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले भारतले अतिक्रमण गरेको भूमि समेटेर नक्सा सार्वजनिक गर्ने निर्णय ऐतिहासिक भएको बताउनुभएको छ ।

आइतबार राष्ट्रियसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उहाले नेपालको नक्सा सार्वजनिक गर्ने ऐतिहासिक निर्णय बर्तमान सरकारले नीति तथा कार्यक्रममार्फत उद्घोष गरेको बताउनुभएको हो । श्रेष्ठले नेपालले देशको सार्वभौमिताको पक्षमा उभिन कुनै अन्य शक्तिहरूको उक्साहट वा भुमिका आवश्यक छैन भन्ने बुझ्न पनि आग्रह गनर्’भयो ।

श्रेष्ठले नेपाल कहिले कसैको उपनिवेश नबनेको भन्दै आफ्नो देशको हितमा बोल्न कसैको उक्साहट वा भुमिका आवश्यक नरहेको पनि स्पष्ट पार्नुभयो । नेपाली जनताले इतिहासमा जस्तै देशको सार्वभौमिकताको रक्षा गर्ने सामथ्र्य राख्ने भन्दै उहाले नेपालले छिमेकी देशसँग प्रगाढ सम्बन्ध राख्न चाहेको पनि उल्लेख गर्नुभयो ।

उहाँले सरकारले ल्याएको नीति तथा कार्यक्रम निकै राम्रो र मुलुकको लोकतन्त्र राम्रो बनाउन केन्द्रीय रहेको बताउनुभयो । त्यस्तै कोरोना नियन्त्रण र यसका कारण आएको परिस्थीतिलाई बुझ्दै ल्याएको कार्यक्रम पनि उत्कृष्ठ रहेको उल्लेख गर्नुभयो ।