भारतको विरोध गर्दै नेपाल विद्यार्थी संघ उत्रिए सडकमा  

2 years ago

भारतको विरोध गर्दै नेपाल विद्यार्थी संघ उत्रिए सडकमा  

नेपाली भूमि हुँदै भारतले बनाएको सडकको विरोधमा प्रदर्शनमा उत्रिएका नेपालविद्यार्थी संघका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

विरोध प्रर्दशनमा निस्केका संघका सय बढी नेता कार्यकर्तालाई प्रहरीले माइतीघरबाट नियन्त्रणमा लिएको हो । फरक-फरक समूह बनाई नाराजुलुस गर्दै माइतीघरमा पुग्ने क्रममा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

विरोध प्रदर्शनका क्रममा संघका अध्यक्ष राजीव ढुङ्गाना, महामन्त्रीहरु बलदेव तिमिल्सेना,उर्मिला थपलिया, दिपक भट्टराई , युवराज पाण्डेय, प्रभात दाहालसहितका विद्यार्थी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सरकारको उदासिनताकै कारण भारतले हस्तक्षेप बढाएको भन्दै सरकार विरोधी नारा लगाएका थिए ।