भियतनाममा बाढीबाट र पहिरोबाट ९० जनाको मृत्यु

2 years ago

भियतनाममा बाढीबाट र पहिरोबाट ९० जनाको मृत्यु

भियतनाममा दुई हप्तायतादेखि जारी रहेको बाढी र पहिरोका कारण कम्तीमा पनि ९० जनाको मृत्यु भएको छ ।

भारी वर्षासँगै आएको बाढी पहिरोबाट पछिल्लो एक हप्ताभित्र कम्तीमा ९० जनाको मृत्यु भइसकेको बताएको छ । बाढी र पहिरोले कम्तिमा ३४ जना हराएको छ । सैनिक ब्यारेक बगाउँदा त्यसमा रहेका सैनिकमध्ये ११ जना सैनिकहरु बेपत्ता भएका छन् ।

सैनिकहरुको खोजीको कार्य निरन्तण रहेको छ । जसका कारण यहाँका कम्तीमा पनि ३७ हजार घरमा क्षति पुगेको छ भने यहाँका १ लाखभन्दा बढी व्यक्ति प्रभावित भएका छन् ।

भियतनाममा यही अक्टोबर ६ देखि विभिन्न स्थानमा भीषण वर्षा हुँदा स्थानीय नागरिकका पाँच लाखभन्दा बढी चौपाया पनि मरेका छन् । त्यस्तै कतिपय स्थानमा पहिरोले बस्ती नै बगाएको छ ।