भक्तपुरमा संक्रमण पुष्टि भएसँगै,भक्तपुर थिमि सिलबन्दी

2 years ago

भक्तपुरमा संक्रमण पुष्टि भएसँगै,भक्तपुर थिमि सिलबन्दी

भक्तपुरमा संक्रमण पुष्टि भएसँगै प्रहरीले दुवाकोट र शंखधर चोक आसपासको क्षेत्रलाई सिल गरेको छ । कोरोना सङ्क्रमित महिला बसेको शंखधरचोकस्थित बस्तीमा प्रहरीले सिल गरेको हो ।

थिमि नगरपालीकाले सुचना जारी गर्दै बिहीबारबाट नगरलाई सिल गरेको र अत्यावश्यक सामान खरिदका लागि मात्र हिडडुल गर्न पाइने उल्लेख गरेको छ। भक्तपुरको सुन्दरचोकदेखि शंखधर चोकसम्म मानिसलाई हिँडड’लमा रोक लगाइएको छ ।

संक्रमित बस्दै आएको क्षेत्रका बासिन्दाको ट्रेसिङसमेत शुरु गरिएको मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । त्यसै गरी संक्रमित सशस्त्र प्रहरी बस्दै आएको दुवाकोटको घरमा पनि सिल गरिएको छ ।

बस्तीभन्दा अलि पर रहेकाले एक घरलाई मात्रै सिल गरी सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको उहाँले जानकारी दिनुभयो । उहाँको परिवारको पनि स्वाब संकलन र परीक्षणका लागि टेकु अस्पताल पठाएको छ । भक्तपुरमा कार्यरत ती नर्स सुनसरीबाट आएर साथीको कोठामा यहाँ आएर बसेकी थिइन् ।