बालुवाटार प्रहरीद्धारा हस्तक्षेप

2 years ago

बालुवाटार प्रहरीद्धारा हस्तक्षेप

सरकारको कामको आलोचना गर्दै विरोधमा उत्रिएका युवाहरुको समूहको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको छ । सो क्रममा प्रहरीले लाठीचार्ज र पानीको फोहराले हान्दै तितरवितर पारेको छ।

कोरोना संक्रमणले स्थिति भयावह बन्दै जाँदा पनि सरकार सुतेको आरोप लगाउँदै सामाजिक सञ्जालबाट जुटेका युवाहरु बालुवाटारमा धर्ना दिन पुगेका थिए। उनीहरुले सरकार ब्युँझाउन भन्दै शान्तिपूर्ण धर्नाका लागि आह्वान गरेका थिए। सामाजिक दुरी कायम राख्दै धर्नाका लागि पुगेका उनीहरुलाई बल प्रयोग गरेर प्रहरीले हटाएको हो।

करिब डेढ घन्टा लगातार धर्ना दिएपछि आएका प्रहरीले २५ जनाभन्दा धेरै भेला हुन नपाइने भन्दै माइकिङ गरेका थिए। त्यसपछि धर्नामा सहभागी युवाहरुलाई पानीको फोहाराले प्रहार गरिएको थियो भने लाठी चार्ज गरिएको थियो।

धर्नाका लागि पुगेकाहरले सरकार खोई, पीसीआर परीक्षण गर, १० अर्बको हिसाब चाहियो लगायतका नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए ।