बेलायतमा महामारीले अझै कठिन परिस्थिति ल्याउन सक्ने वरिष्ठ चिकित्सा सल्लाहकारहरूको चेतावनी

2 years ago

बेलायतमा महामारीले अझै कठिन परिस्थिति ल्याउन सक्ने वरिष्ठ चिकित्सा सल्लाहकारहरूको चेतावनी

विश्वभरी फैलिएको महामारीका कारण बेलायतमा अझै कठिन परिस्थिति आउन सक्ने बेलायतका वरिष्ठ चिकित्सा सल्लाहकारहरूले चेतावनी दिएका छन्।

महामारीको पछिल्लो अवस्था हेर्दा र थप उच्च व्यवस्थापन गर्न नसकिएमा नराम्रो अवस्था आउनसक्ने उनीहरूले बताएका छन । बेलायतमा कोरोनाको  दोस्रो लहर आएको र त्यसले पहिलाभन्दा बढी असर पार्न सक्ने विश्लेषण गरेको छ।

बेलायतमा अहिले हरेक दिन संक्रमितको संख्या वृद्धि हुदै गइरहेको छ । यो अवस्थालाई रोक्न पहिलाको भन्दा प्रभावकारी  उपाय अवलम्बन गर्नु पर्नेमा प्रमुख वैज्ञानिक अधिकृत पात्रिक भलान्सले जोड दिएका छन । उनले भने, अन्य देशहरूको  अवस्था हेर्दा मृत्यु हुनेहरूको संख्या धेरै वृद्धि हुँदै जाने देखिएको छ ।

कोरोना भाइरसबाट सङ्क्रमितहरूको सङ्ख्याका आधारमा बेलायत अहिले १४ औँ स्थानमा रहेको छ । बेलायतमा हालसम्म तीन लाख ९४ हजार २५७ जना सङ्क्रमित भएका छन् भने  ४१ हजार ७७७ जनाको  भएको छ।