बुद्धको जन्म भारत भएको विदेशमन्त्री एस जयशंकरले गरे दाबी

2 years ago

बुद्धको जन्म भारत भएको विदेशमन्त्री एस जयशंकरले गरे दाबी

भारतीय विदेश मन्त्री एस जयशंकरले गौतमबुद्धको जन्म भारतमा भएको दाबी गरे पछि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टिको आपत्ति रहेको जनाएका छन् ।

प्रवक्ता शर्माले ट्वीट गर्दै-‘भगवान बुद्ध नेपालमा जन्मिएका हुन् । त्यो भू-भाग आजको नेपालमा रहेको पौराणिक र प्रमाणित तथ्य विरुद्ध भारतीय विदेश मन्त्रीको अभिव्यक्तिप्रती हाम्रो गम्भीर आपत्ति छ । आवेगको जवाफमा आवेग पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पुर्‍याउने कार्य हाम्रा लागि किमार्थ स्विकार्य छैन ।’ भन्नुभएको छ ।

स्वयं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा बुद्ध नेपालमा जन्मिएका हुन् भनेर बोलेपछि बिगतको दाबी खारेज भैसकेको भएपनि पुन यस्तो आपत्तिजनक टिप्पणी गर्नु दुख:द् भएको प्रवक्ता शर्माले भन्नुभयो ।