बंगलादेशले उपलब्ध गराएको पाँच हजार डोज रेम्डिसिभिर नेपाल ल्याइयो

2 years ago

बंगलादेशले उपलब्ध गराएको पाँच हजार डोज रेम्डिसिभिर नेपाल ल्याइयो

बंगलादेशले कोभिड–१९ सङ्क्रमण भएका व्यक्तिको उपचारमा प्रयोग हुने रेम्डिसिभिर नामक औषधि सहयोग स्वरुप नेपाललाई उपलब्ध गराएको छ । नेपाली सेनाको स्काई ट्रक मार्फत आज साँझ पाँच हजार थान ती औषधि स्वदेश ल्याइएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।

सहायकरथी आशिष नरसिह राणाको नेतृत्वमा गएको पाँच सदस्यीय टोलीले ल्याएको उक्त औषधि आइतवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

कोरोना सङ्क्रमितको उपचारमा रेम्डिसिभिर निकै उपयोगी मानिन्छ । यसको प्रयोग परीक्षणका रूपमा चिकित्सकको निगरानीमा मात्र गर्न पाइन्छ ।