फेसबुकद्वारा अष्ट्रेलियामा समाचार सामाग्रीमाथि प्रतिबन्ध

2 years ago

फेसबुकद्वारा अष्ट्रेलियामा समाचार सामाग्रीमाथि प्रतिबन्ध

सामाजिक सञ्जाल फेसबुकले अष्ट्रेलियामा समाचारमाथि प्रतिबन्ध लगाएको छ । अष्ट्रेलियाले नयाँ कानुन बनाएपछि चलिरहेको विवादकाबीच अष्ट्रेलियाका प्रयोगकर्ताले फेसबुकमा समाचार हेर्न र समाचारको लिंक शेयर गर्न नपाउने भएका हुन् ।

अष्ट्रेलियाले फेसबुक, गुगललगायतले अष्ट्रेलियाका समाचार प्रयोग गरेबापत पैसा तिर्नुपर्ने कानुन ल्याएको छ । अष्ट्रेलियाको तल्लो सदनले बुधवार यस्तो कानुन पारित गरेपछि फेसबुकले समाचारसहित केहि सरकारी वेभसाइटमाथि समेत प्रतिबन्ध लगाएको छ ।

फेसबुक र गुगलले भने अष्ट्रेलिया सरकारले ल्याएको कानुन इन्टरनेट कसरी संचालित हुन्छ भन्ने विषयसँग मेल नखाने बताउँदै आएका छन् ।

अष्ट्रेलियन मिडियाहरुले समेत आफ्नो फेसबुक पेजमा समाचार पोष्ट गर्न नमिल्ने भएको छ । एबीसी, सिड्नी मर्निङ जस्ता समाचार संस्थाका फेसबुक पेजमा अहिले कुनै पोष्ट नदेखिएको बीबीसीले जनाएको छ ।