फौजी किराको प्रकोप

2 years ago

फौजी किराको प्रकोप

स्याङ्जाको गल्याङ नगरपालिका भित्रका कृषकका मकैमा देखिएको फैजी किराको प्रकोपले कृषकलाई चिन्तित बनाएको छ ।

गतवर्ष देखि देखा परेको यो प्रकोप अधिकांस कृषकको मकै खेतिमा देखापरेको छ । पुतलीको माध्यमबाट सजिलै सर्नसक्ने यो रोगको प्रकोप बढेसंगै यहाँका कृषक बिषादि छर्नमा ब्यस्त भएका छन् ।

यति धेरै दुख गरेर लगाएको खेतीनै किराले नष्टगर्न थालेपछि बिषादी छर्न थालेको गल्याङ नगरपालिका तीनका माधव भण्डारीले बताउनुभयो ।

बिषादीको अभाव हुँदा पुरै मकैमा छर्न नपाएको उहाँको गुनासो थियो । त्यसै उक्त वडाकै अर्का कृषक श्यामसुन्दर बस्यालले पनि यस्तै प्रकोप फैलिदै गए खेती घर भित्र्याउन नपाउने भन्दै मकैमा बिषादी छरेको बताउनुभयो ।

करिब आठ रोपनी जग्गामा भएको मकै खेतिमा सबैमा देखिएको हुँदा बाध्यभएर यस्तो गर्नुपरेको उहाँको भनाइ थियो ।

बिषादी छर्केको दुई दिनसम्म पनि रोग निवारण नहुँदा चिन्ता बढेको अर्का कृषक विष्णु बस्यालको भनाइ छ । उक्त किराले पहिलो चरणमा पात खाने र दोस्रो चरणमा गुभो खाएर मकै नष्ट पार्ने भएको हुँदा बेलैमा सजक हुन कृषकलाई गल्याङ नगरपालिका कृषि शाखाका प्रमुख शिब ढकालको सुझाव छ ।