प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नु अपराध

2 years ago

प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नु अपराध

उद्योग, वाणिज्य तथा आपूर्तिराज्यमन्त्री मोतिलाल दुगडले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नु अपराध हुने बताउनुभएको छ ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै राज्यमन्त्री दुगडले वर्तमान प्रधानमन्त्री ओलीले देश र जनताको हितमा एउटा संकल्प र अठोटका साथ काम गरिरहेको जिकिर समेत गर्नुभयो । वर्तमान प्रधानमन्त्री ओलीमा देश बनाउने संकल्प रहेको र सोहीअनुसार आफ्नो भूमिकामा खरो रुपमा उत्रिररहेको दाबी गर्नुभयो । 

राज्यमन्त्री दुगडले सरकारको विरोध गर्ने वा आलोचना गर्नेहरुले जे कुरामा पनि आलोचना गर्ने गरेको टिप्पणी गर्नुभयो । उहाँले सरकारले शतप्रतिशत सन्तुष्ट हुने गरी काम गर्न नकसेपनि देश र जनताको हितमा हामीले काम गरिरहेका दाबीगर्नुभयो ।

त्यस्तै उहाँले नेपालले संसदबाट नयाँ नक्सा पारित गरेपछि भारतले नेपालसँगको सम्बन्ध टुटाउनेबारे भ्रामक कुरा बाहिर आएको पनि टिप्पणी गर्नुभयो ।