प्रधानमन्त्री केपी शर्माको राजीनामा माग गर्दै डा. बाबुराम भट्टराईं

2 years ago

प्रधानमन्त्री केपी शर्माको राजीनामा माग गर्दै डा. बाबुराम भट्टराईं

समाजवादी जनता पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईंले प्रधानमन्त्री केपी शर्माको राजीनामा माग्नुभएको छ । 

शुक्रबारबाट सुरु भएको बजेट महाविधेशनमा आफ्नो मन्तव्य राख्दै उहाले दल विभाजन गर्ने र संसद् अपहरण गर्ने काममा रहेको भन्दै प्रधानमन्त्री ओलीको राजीनामा माग्नुभएको हो । देशको कार्यकारी पार्टी फुटाउने र संवैधानिक निकाय कब्जा गर्ने काममा लाग्नु लोकतन्त्रका लागि खतरा भएको भट्टराईको भनाइ छ ।

उहाले अहिले सरकारको छवि राम्रो नभएको र राजनीतिमा सबै भ्रष्ट, पदलोलुप भन्ने विम्ब बनेको बताउनुभयो । सांसद अपहरण गरेको विषयको जाहेरी समेत नलिएको भन्दै उहाले रातारात सांसद र पूर्व प्रहरी प्रमुख किन जानु पर्‍यो भनी प्रश्न समेत गर्नुभयो 

उहाँले कोरोनापछिको उपचारलाई प्रभावकारी बनाउनुपर्ने र अब अर्थतन्त्रलाई मजबुद बनाउनुपर्नेमा पनि सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।