नेपाल सरकारले पटक पटक आह्वान गर्दा पनि भारत सरकार वार्तामा बस्न मानेन

2 years ago

नेपाल सरकारले पटक पटक आह्वान गर्दा पनि भारत सरकार वार्तामा बस्न मानेन

परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले सीमा बिषयमा देखिएको विवाद समाधान गर्न नेपाल सरकारले पटक पटक आह्वान गर्दा पनि भारत वार्तामा बस्न नमानेको बताउनुभएको छ ।

सिंहदरबारमा आइतबार बसेको संघीय संसद अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा उहाले सीमाका नसुल्झिएका बिषयमा छलफल गर्न नेपाल सरकारले आह्वान गरेको वार्ता यसअघि पनि भारतले लत्याएको बताउनुभएको हो ।

सुगौलीसन्धी विपरित भारतीय सरकारले नेपालको भूमि आफ्नो क्षेत्रमा राखेर यसअघि नक्सा जारी गरेको बताउनुभयो ।

उहाँले भारतीय सुरक्षाकर्मीलाई बस्न मात्र दिएको यसअघि नै खुलेको भन्दै त्यसकै आधारमा नेपालको भूमिलाइ भारतले कब्जा गर्न नमिल्ने तर्क गर्नुभयो ।

उहाँले कालापानी नेपालको क्षेत्रमा भारतले सडक बनाएपछि नेपाल सरकार गम्भीर भएर नक्सा सार्वजनिक गरिएको बताउनुभयो । उहाँले आफ्नो क्षेत्रमा सुरक्षा निकायको तैनाथीका साथ आवश्यक पूर्वाधार बनाँउदै जाने धारणा पनि राख्नुभयो ।

मन्त्री ज्ञवालीले अहिले पनि नेपालको चाहना कुटनीतिक तवरबाट समस्याको समधान गर्नु नै भएको दोहोर्‍याउदै अन्य कुनै विकल्प नसोचेको स्पष्ट पार्नुभयो । 

त्यस्तै मन्त्री ज्ञवालीले स्वदेश फर्किन चाहनेलाई प्राथमिकताका आधारमा फर्काउने तयारी सरकारले गरिरहेको बताउनुभयो ।

त्यस्तै उहाँले भ्रमण भिषामा गएका, स्वास्थ्य अवस्था गम्भीर भएको र कम्पनीमा भिषा सकिएकालाई पहिलो प्राथमिकतामा राखिएको जानकारी पनि गराउनुभयो ।

बैठकमा समिति सदस्यह?ले नेपाल भूमि कब्जा गरेर भारतीय स’रक्षाकर्मी राख्दा मौन रहदा अहिलेको अवस्था आएकाले सरकारले अव गम्भीर भएर यस बिषयमा समाधान खोज्नुपर्ने बताउनुभयो ।

छलफलपछि बैठकले कुटनीतिक संवादमार्फत नेपालको भूमि प्राप्त गर्न राष्ट्रिय सहमतिका साथ ठोस पहल अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ । त्यस्तै बैठकले विदेशमा समस्यामा परेका नेपाली नागरिकहरुलाई प्राथमिकताका आधारमा स्वदेश ल्याउन निर्देशन पनि दिएको छ ।