नेपाली सेनाद्धारा भक्तपुरमा एकै दिनमा १५० वेडको आइशोलेशन तयार

2 years ago

नेपाली सेनाद्धारा भक्तपुरमा एकै दिनमा १५० वेडको आइशोलेशन तयार

नेपाली सेनाले भक्तपुरमा एकदिनमा नै १५० वेडको आइशोलेशन तयार गरेको छ । सेनाले भक्तपुरस्थित सैनिक महाविद्यालयको बीबीए ब्लकमा एक दिनमै १५० बेडको आइशोलेशन तयार गरेको हो ।

उक्त ब्लकमा २५ वटा कोठा रहेको र प्रत्येक कोठामा कम्तीमा ६ जनालाइ राखिन सकिने सेनाले जनाएको छ । आइशोलेशनको व्यवस्थापन तीन समूहले गर्ने छन्, जसमा व्यवस्थापिका टीम, मेडिकल टिम र हाइजिन तथा फोहरमैला टिम रहने सूर्य विनायक व्यारेकका गणपति प्रमुख सेनानी शिव प्रसाद पौडेलले जानकारी दिनुभयो ।

उक्त आइशोलेशनमा पहिलो चरणमा संक्रमित सैनिक तथा आश्रित परिवारलाई राखिने उहाँले बताउनु भयो । सेनाले यसअघि भक्तपुरको सूर्यबिनायकमा ७५ वेडको आइशोलेशन तयार गरेको थियो । योसंगै भक्तपुरमा सेनाले २२५ बेडको आइशोलेशन तयार गरेको छ ।