नेपाली बजारमा सुनको भाउ अहिले सम्मकै उच्चा

2 years ago

नेपाली बजारमा सुनको भाउ अहिले सम्मकै उच्चा

नेपाली बजारमा सुनको भाउ अहिले सम्मकै सबैभन्दा महँगो भएको छ। बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार ९२ हजार दुई सयमा कारोबार भएको छापावल सुनको भाउ बुधबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँ भएको छ भने तेजावी सुन  ९२ हजार तीन सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदीको भाउ १० रुपैयाँले बढेर  एक हजार पाँच रुपैयाँ प्रतितोला भएको छ । अघिल्लो दिन चाँदी तोलाको ९९५ रुपैयाँमा कारोबार भएको थियो ।

बढ्दो मूल्य र अफसिजनका कारण  सुन बजारमा मन्दी छाएको व्यवसायी महासंघले जनाएको छ। कोभिड १९ को असर फैलिदो क्रममै रहँदा सुनको भाउ अझै बढ्न सक्ने महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यले बताए ।