नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रम संशोधन गर्नुपर्ने निष्कर्ष निकाले

2 years ago

नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रम संशोधन गर्नुपर्ने निष्कर्ष निकाले

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रम पराम्परागत रहेको भन्दै संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले नेपाल सरकारले ल्याएको नीति तथा कार्यक्रम पराम्परागत र नेपालको चुनौति संवोधन गर्ने प्रकारको नभएको भन्दै संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

बैठकपछि कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँणले सरकारको नीति तथा कार्यक्रमले मुलुकको समस्या सम्बोधन गर्न नसकेको बताउनुभयो । बैठकले गरिविको रेखामुनी रहेका जनतालाई खाधान्न लगाएत नगद नै राहत दिनुपर्ने माग पनि गरेको छ ।

सरकारले जनताको उपचार, खाद्यान्न लगाएतका राहत प्याकेज ल्याउन नसकेको मुख्य सचेतक खाँणले बताउनुभयो । त्यस्तै बिदेशमा अलपत्र रहेका नेपालीहरुलाई तत्काल स्वादेश ल्याउन पनि बैठकले सरकारको ध्यानाकर्षण गराएको छ ।

नेपालमा मापदण्ड पुरा गरी आवश्यक क्वारेन्टाइन र स्वास्थ्य उपचार गर्ने व्यवस्था गरि विदेशमा रहेका नेपालीहरुलाई छिटो भन्दा छिटो नेपाल ल्याउनुपर्ने निष्कर्ष निकालिएको खाँणले जानकारी दिनुभयो ।