नेपाली कांग्रेसद्धारा खोटाङबासीलाई राहत

2 years ago

नेपाली कांग्रेसद्धारा खोटाङबासीलाई राहत

नेपाली कांग्रेस खोटाङ जिल्ला समितिले काठमाडौंमा आइ बसेका खोटाङबासीलाई राहत प्रदान गरेको छ ।

लामो समयको लकडाउन र त्यसपछिको अवस्थामा काठमाडौंमा रहेका खोटाङबासीलाई समस्या परेको भन्दै जिल्ला समितिले खोटाङले सहयोग गरेको हो । करिव १२ सय परिवारलाई राहत बितरण गरिएको कांग्रेस खोटाङ जिल्ला सभापति नरेश कुमार श्रेष्ठले बताउनुभयो ।

उहाँले खोटाङबाट काठमाडौं आएकाहरु कोरोनाले गाउँ जान नपाएकाले राहत बितरण गरिएको र उनीहरु लाभान्वित भएको बताउनुभयो । समितिले आगामी दिनपनि राहत बितरण कार्यलाई जारी राख्ने जनाएको छ ।