नेपाली काँग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका हेरफेर बारे छलफल

2 years ago

नेपाली काँग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका हेरफेर बारे छलफल

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको पदाधिकारी बैठकले असार १६ गते केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय गरेको छ ।

नेपाली काँग्रसेको आइतबार बसेको पदाधिकारीहरुको बैठकले १६ गते १ बजे केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो । पदाधिकारी बैठकमा नेपाली काँग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने लगायतका विषयमा छलफल भएको नेपाली काँग्रेसका नेता रमेश लेखकले बताउनुभयो ।

कोरोनाका कारण रोकिएका सदस्यता वितरण, नवीकर लगायतका कामहरुलाई कसरी व्यवस्थित बनाउदै लैजाने भन्ने विषयमा समेत छलफल भएको नेता लेखकले जानकारी दिनुभयो । कांग्रेसले फागुन ७ देखि १० सम्म महाधिवेशन गर्ने मिति यस अधि नै  तोकिसकेको छ ।