नेपालमा कोरोना भाइरस फैलिदै

2 years ago

नेपालमा कोरोना भाइरस फैलिदै

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को परीक्षण दायर बढ्दै गएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारबाट देशभरका १७ अस्पतालबाट पोलिमरेज चेन रियाक्सन (पीसीआर) विधिबाट परीक्षण सुरु भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शनिबार विराटनगरस्थित कोसी अस्पतालसँगै त्यहाँ रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबाट पीसीआर विधिबाट कोरोना परीक्षण सुरु भएको जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १३ हजार ९८ नमुना परीक्षण भएका छन् भने र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट ४८ हजार ५ सय २९ नमुना परीक्षण भएका छन् । पछिल्लो २४ घण्टामा १२ सय ५२ नमुना परीक्षण भएको छ।

२४ घण्टामा परीक्षण भएका नमुनामा सबै रिपोर्ट नेगेटिभ आएको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार अहिलेसम्म ५९ जना संक्रमित छन्।

जसमध्ये १६ जना निको भएर डिस्चार्ज भएका छन् भने ४३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको देवकोटाले बताउनुभयो । 

सातै प्रदेशमा गरेर २२ हजार ९ सय ७५ जना क्वारेन्टाइनमा छन् । उपत्यकामा चार र बाहिर ८५ गरेर ८९ जनाको आइसोलेसनमा उपचार भइराखेको छ ।