नेता राजेन्द्र महतो अब पार्टी नफुट्ने कुरामा ढुक्क

2 years ago

नेता राजेन्द्र महतो अब पार्टी नफुट्ने कुरामा ढुक्क

नवगठित जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले अब पार्टी नफुट्ने कुरामा ढुक्क हुन आग्रह गर्नुभएको छ ।

बिहीबार निर्वाचन आयोगमा सञ्चारकर्मीसंग कुरा गर्दै उहाले सरकारले पार्टी फुटाउन लक्षित गरेर ल्याएको अध्यादेशविरुद्ध आफूहरु एकजुट भएर देखाइदिएको बताउँदै पार्टी नफुट्ने ठोकुवा गर्नुभयो । 

राजपा र समाजवादी पार्टीलाई फुटाउने तयारी भएको समाचार आएपछि एकता प्रक्रियालाई टुङ्ग्याइदिनुपर्छ भनेर हिजो राति बसेर एकता प्रक्रियालाई टुङ्याएको उहाले बताउनुभयो ।

महतोले लोकतन्त्र दिवासमा सरकारबाट लोकतन्त्रमाथि संकट पैदा भएको र अस्तिरता निम्ताउने काम भएको आरोप लगाउनुभयो । उहाले यसको कुनै पनि हालतमा सामना गर्नुपर्ने र प्राप्त उपलब्धिको रक्षा गर्नुपर्ने जिकिर गर्नुभयो ।

महतोले अहिले कोरोना भाइरसबाट जीवन रक्षा गर्ने काम प्राथमिकतामा परेकाले एकताको बाँकी काम पछि गर्ने बताउनुभयो । समाजवादी र राजपाबीच सम्मानजनक एकता भएको उहाको भनाई छ।