नेकपा स्थायी कमिटिको छलफल

2 years ago

नेकपा स्थायी कमिटिको छलफल

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहाल प्रचण्डले पार्टी र सरकारका गतिविधिबारे खुलस्त छलफल गर्न आग्रह गरेका छन्।

प्रधानमन्त्री निबास बालुवाटारमा बुधबार बसेको नेकपा स्थायी कमिटि बैठकमा दुवै अध्यक्षले पार्टीका गतिविधि र सरकारका काम कारबाहीबारे स्थायी समिति सदस्यहरूलाई खुलेर आ–आफ्नो धारणा राख्न आग्रह गरेका हुन् । पार्टीको र सरकारको अबको कार्यभारबारे छलफल गरेर स्थायी समितिमा निस्केको निष्कर्षका आधारमा अघि बढ्न तयार रहेको प्रधानमन्त्री ओलीले बताउनुभएको थियो ।

त्यसैगरी अर्का अध्यक्ष प्रचण्डले पनि सरकारले अहिलेसम्म गरेका कामको समग्र छलफल गर्नका लागि सबैलाई खुलस्त धारणा राख्न आग्रह गर्नुभएको थियो । उहाँले सरकार र पार्टी सञ्चालनमा देखिएका कमजोरीहरू सुधारेर अघि बढ्नेतर्फ जानुपर्ने बताउनुभएको थियो । बैठकले सातबुँदे एजेण्डा तय गरेको छ ।

अध्यक्षद्वयबाट अहिलेको सन्दर्भमा बैठकको प्रारम्भमा मन्तव्य, कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारबारे छलफल गर्ने, समिा समस्या र समाधानबारे , सरकारको कामको समिक्षा, पार्टी कामको समिक्षा र सांगठिनक एकताको पूर्णता, एमसीसी र बिविध गरि सातबुँदे एजेण्डा तय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बिविधमा भने एक महिना अघि भएको रुकम घटना, नागरिकता विधेयक , सांसद र प्रदेशसभा सदस्यको बैठक भक्ता नलिने विषय रहेको नेकपाले जनाएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार असार १२ गते अर्को बैठक बस्नेछ ।