नेकपा एमालेको दुबै हातमा लड्ड; सञ्चार सूचना तथा प्रविधिमन्त्री पार्वत गरुङ

2 years ago

नेकपा एमालेको दुबै हातमा लड्ड; सञ्चार सूचना तथा प्रविधिमन्त्री पार्वत गरुङ

सञ्चार सूचना तथा प्रविधिमन्त्री पार्वत गरुङले नेकपा एमालेको दुबै हातमा लड्ड भएको बताउनुभएको छ । 

रेडियो नेपालको ७१ औँ वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेकपा एमालेको सरकारलाई विस्थापित गरेपनि २० महिनापछि सिंहदरबारमा बहुमतका साथ फर्किने बताउनुभएको हो । उहाँले प्रधानमन्त्री केपी ओलीले भनेझै कसैले पनि नेकपा एमालेलाई तहस–नहस पार्न नसक्ने जिकिर गर्नुभयो । 

मन्त्री गुरुङले रेडियो नेपालको विकासका लागि सरकारले खेल्नुपर्ने भूमिका कमजोर नहुने बताउदै रेडियो नेपालका कर्मचारीहरुको सरुवा बढुवा गर्नेतर्फ आफु नलागने बताउनुभयो ।

मन्त्री गरुङले रेडियो नेपालको विकास र समृद्धिका लागि आफ्नो भूमिका खेल्न आफु तयार रहेको बताउनुभयो । रेडियो नेपालको ७१ औं वार्षिक उत्सवका अवसरमा भएका विभिन्न प्रतियोगिताका प्रतियोगिलाई पुरस्कार तथा सम्मान गरिएको थियो ।