दूरसञ्चार सेवालाई प्रभावकारी वनाउन कुनै कसर बाँकी नराख्ने; पार्वत गुरुङ

2 years ago

दूरसञ्चार सेवालाई प्रभावकारी वनाउन कुनै कसर बाँकी नराख्ने; पार्वत गुरुङ

सञ्चर तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दूरसञ्चार सेवालाई प्रभावकारी बनाउन कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । 

दूरसञ्चार सेवाको पहुँच, प्रवाह तथा गुणस्तर सम्बन्धी शुक्रवार भएको अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले दूरसञ्चार क्षेत्रलाई अझैं प्रभावकारी बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको हो ।

उहाँले लगानी धेरै तर प्रतिफल कम भएको बताउदै सञ्चार क्षेत्रको अनुगमन गर्न ढिलाई गर्न नहुने बताउनुभयो । मन्त्री गुरुङले दूरसञ्चार क्षेत्रको विकास गर्न प्रदेश तथा आवश्यक परेको खण्डमा स्थानीय तह संग पनि छलफल गर्दै डिजिटल नेपाल, स्मार्ट नेपाल र समृद्ध नेपाल बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा सांसद शेरबहादुर तामाङले आइटी क्षेत्रलाई प्रभावकारी बनाउन पहल गर्नु पर्ने बताउनुभयो । उहाँले सार्वजनिक खरिद ऐनले खुट्टाबाधेंको बताउदै केही खुकुलो बनाउनतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । सांसद तामाङले नेपाल टेलिकमको सौन्दर्य टेलिकमले नै विगारर्ने काम गरेकाले वायरलेस प्रविधिमा जान सुझाउनुभयो । 

कार्यक्रममा सांसद प्रेम सुवालले नेपाल टेलिकमका कर्मचारीको घरमा समेत नीजि प्रदायककै सेवा लिनु दुःखद भएको उल्लेख गर्दै टेलिकम प्रतिको विश्वास घट्दै गएको आरोप लगाउनुभयो । उहाँले नीजि सेवा प्रदायक दुर्गममा जान बाध्य पार्ने नियम बनाउनुपर्ने बताउनुभयो ।

सासंदहरुले सरकारको प्रतिनिधित्व भएको संस्थाले राम्रो काम गर्न नसक्ने तर नीजि क्षेत्रले राम्रो काम गरेको भनेर वयान दिनु राम्रो नभएको बताएका थिए । उनीहरुले नीति कागजमा मात्रै होइन व्यवहारमा लागु हुनुपर्ने बताएका थिए ।