ताइवानले अमेरिकासँग हतियार खरिद सम्झौता

2 years ago

ताइवानले अमेरिकासँग हतियार खरिद सम्झौता

पछिल्लो समय ताइव चीनसँगको बीच तनाव बढ्दो क्रममा रहेको अवस्थामा ताइवानले अमेरिकासँग हतियार खरिद सम्झौता गरेको छ ।

अमेरिकाको मन्त्रालय ताइवानसँगको भएको एक अर्ब ८० करोड डलरको हतियार खरिद सम्झौता स्वीकृत गरेका थियो । पछिल्लो समय चीनले ताइवान माथिको दबाब बढाएको छ। चीनले ताइवानको संवेदनशील क्षेत्रमा सेना पठाउने र निगरानी गर्ने काम गर्दै आएको छ ।

ताइवानका रक्षामन्त्रीले यो सम्झौताको लागि अमेरिकालाई धन्यवाद दिँदै दुश्मनको चुनौती र नयाँ परिस्थितिसँग लड्न यो सम्झौता जरुरी रहेको बताएका छन् ।

चीनले भने ताइवानको यो कदमको विरोध गर्ने अपेक्षा गरिएको छ । अमेरिका–चीन सम्बन्ध पछिल्लो समय चिसिएको अवस्थामा चीनलाई चिढ्याउन पनि अमेरिकाले ताइवानलाई हतियार बिक्रीको निर्णय गरेको हो ।