डेडिकेटेड अस्पताल बनाउनुपर्नेमा जोड: चिकित्सक

2 years ago

डेडिकेटेड अस्पताल बनाउनुपर्नेमा जोड: चिकित्सक

बिभिन्न अस्पतालका चिकित्सकहरुले कोरोना उपचारका लागि डेडिकेटेड अस्पताल छुट्टै हुनुपर्ने बताएका छन् ।

सिंहदरबारमा मंगलबार बसेको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमिति बैठकमा उनीहरुले कोरोना र अन्य रोगका बिरामीको उपचार एकैस्थानमा गर्दा थप जोखिम बढ्ने भएकाले डेडिकेटेड अस्पताल बनाउनुपर्ने बताए ।

छलफलमा काठमाडौं मेडिकल कलेजका चिकित्सक  जेनिश आचार्यले कोरोना उपचारका लागि अस्पतालले छुट्टै व्यवस्था गरेको जानकारी दिनुभयो । उहाँले अस्पतालमा रेडजोन र ग्रीन जोन बनाइएको जानकारी दिनुभयो ।

त्यस्तै शिक्षण अस्पतालका चिकित्सक प्राडा रोहित पोखरेलले सुरुमा कोरोना बिरामीको उपचारमा केहि समस्या देखिएपछि अहिले भने सहज रुपमा उपचारको व्यवस्था गरिएको बतउनुभयो । अहिले निजी अस्पतालमा कोरोना जाँच र उपचार भएकाले थप सहज भएको बताउनुभयो ।

त्यस्तै ग्रान्डी अस्पतालका डा. चक्रराज पाण्डेले प्लाज्मा थेरापी नेपालमा प्रभावकारी देखिएकाले प्लाज्मा बैंक बनाउनुपर्ने र यसमा सरकारले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

बैठकमा सहभागी अन्य चिकित्सकहरुले कोरोना उपचारका लागि निजि अस्प्तालमा बेडको प्रतिशत तोक्नुभन्दा डेडिकेटेड अस्पताल बनाउनुपर्नेमा जोड दिए ।