जापानको बौद्ध गुमबा साइतामाले समालिङ्गि विवाह को अनुमति

2 years ago

जापानको बौद्ध गुमबा साइतामाले समालिङ्गि विवाह को अनुमति

जापानको सबै भागमा अझै पनि समालिङ्गि विवाहलाइ कानुनि मान्यता दियको छैन तैपनि साइतामा बौद्ध गुमबाले जापानमा समान अधिकार को प्रचारको लागि समालिङ्गि विवाह पर्यवेक्षण गरिरहेका छन्।

सेइमायुजी गुमबमा समलिङ्गी दम्पतीले ¥२,००,००० तिरेर परम्परागत बौद्ध विवाह समारोहका सथै विवाह दर्ता गर्न सक्छन्।

दम्पतीले विवाह को अनुष्ठान पूरा गर्न सुरुमा लामाबाट पवित्र पानी र बौद्ध माला प्राप्त गरेर प्रतिमाको अगाडि प्रतिज्ञा गर्छन्। लामाले मूर्तिलाई धूप चढाएर जोडीको नयाँ जीवनको लागि अमिडा न्योराय बुद्ध प्रतिमालाई प्रार्थना गर्छन्। 

यस गुमबाका प्रमुख लामा मायोकान सेन्डाले विवाह अधिकारसम्बन्धी समालिङ्गि  मानिसहरूका लागि बारम्बार जागरूकता बढाउने र लैङ्गिक समानतासम्बन्धी ज्ञान लाई बदावा दिने कार्यक्रमहरू सामेत आयोजना गर्छन्।