जनतामा आशा र विश्वास जगाउन पुर्ण असफल सरकार नेपाली कांग्रेसको आरोपन

2 years ago

जनतामा आशा र विश्वास जगाउन पुर्ण असफल सरकार नेपाली कांग्रेसको आरोपन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संसद्मा पेश गरेको नीति तथा कार्यक्रमले जनतामा आशा र विश्वास जगाउन पुर्ण असफल भएको आरोप लगाएको छ । एक वर्षे कार्यक्रमबाट बरालिएर नीति तथा कार्यक्रममा बहुवर्षीय कोरा कल्पना देखिएको कांग्रेसको टिप्पणी छ ।

सरकारका नीति तथा कार्यक्रममाथि आइतवार प्रतिनिधि सभामा शुरू छलफलमा भाग लिँदै प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशमा लाखौं नेपाली कोरोनाका कारण समस्यामा परेका नागरिक तथा भारतको सीमामा बिचल्लीमा परेका हजारौंलाई उद्धार गर्नेबारे कार्यक्रम मौन रहेको भन्दै विरोध जनाउनुभयो ।

कोभिडको क्षतिबारे सरकारलाई ज्ञान नभएको र सरकारलाई जनताको दुःखप्रति कुनै संवेदना नभएको उहाले बताउनुभयो । देउवाले सरकरका वार्षिक नीति तथा कार्यक्रम एक वर्षेबाट बरालिएर बहुवर्षीय कोरा कल्पना गरेको र जनतामा आशा विश्वास जगाउन पुर्ण असफल भएको आरोप लगााउनुभयो । 

देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई सदनबाट पारित गर्नेबारे सरकार उदासीन रहेको आरोप पनि लगााउनुभयो । देउवाले दुई वर्षका नीति तथा कार्यक्रम पुनः एकपटक पढ्न प्रधामनन्त्री केपी ओलीलाई आग्रह पनि गर्नुभयो ।