जडिबुटी अनुशन्धान तथा प्रशोधन केन्द्रले ८ दिनभित्रै कोरोनाबाट मुक्त गर्ने दाबी

2 years ago

जडिबुटी अनुशन्धान तथा प्रशोधन केन्द्रले ८ दिनभित्रै कोरोनाबाट मुक्त गर्ने दाबी

जडिबुटी अनुशन्धान तथा प्रशोधन केन्द्रले कोरोनाबाट संक्रमितलाई तीन दिनभित्रै खतरामुक्त राख्ने र ८ दिनभित्रै कोरोनाबाट मुक्त गर्ने दाबी गरेको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर केन्द्रका अध्यक्ष शिवलाल रोकायाले केन्द्रले तयार पारेको आयुर्वेदिक औषधीले कोरोना संक्रमितहरुलाई निको पारेको दावी गर्नुभयो ।

अहिले विश्व कोभिड–१९ बाट आक्रान्त बनेको र यसबाट नेपाल पनि अछुतो नरहेको उल्लेख गर्दै रोकायाले कोरोना नाशक चुर्ण आयुर्वेदिक औषधीले कोरोना संक्रमितहरुलाई निको पारेको उहाँले बताउनुभयो । 

उहाँले संक्रमितले यो औषधी सेवन गरेपछि उनीहरुको रिपोर्ट ८ दिनमा नेगेटिभ आएको दावी गर्नुभयो । उहाँका अनुसार कोरोना नाशक चुर्ण औषधीमा ‘चिराईतो, बोझो, लत्ताकस्तुरी, वनजौ, वन तोरीलगायतको समिश्रण छ ।