खोलाले बगाएका २ जनाको उद्धार

2 years ago

खोलाले बगाएका २ जनाको उद्धार

कपिलवस्तुको बाणगंगा नदिमा आएको बाढिमा दाउरा संकलन गर्दा खोलाले बगाएका २ जनाको उद्धार गरिएको छ ।

प्रहरी र स्थानीय बासिन्दाले शुक्रबार नगरपालिका–८ का ४८ बर्षिय कृतन थारु र उनकी श्रीमति ४५ बर्षिया सोफिया थारुको उद्धार गरेका हुन । प्रहरीका अनुसार नदि छेउमै घर भएका दम्पतीले खोलाको किनारमा बगेर आएका दाउरा जम्मा गर्दै गर्दा दुबैलाई बाढीले बगाएको थियो ।

खोला किनारमा दाउरा संकलन गरिरहेको अवस्थामा बाढी आइरहेको खोलामा एक्कासि पानीको बहाव बढेको र दाउरासहित खोलाले बगाएको उनीहरुले बताएका छन । समयमै स्थानियले देखेपछि प्रहरीलाई खबर गरि सकुशल उनीहरुको उद्धार गरिएको हो । दुबै स्वास्थ्य अवस्था सामन्य रहेको छ ।