खोप सेवा बैशाखदेखि नियमित

2 years ago

खोप सेवा बैशाखदेखि नियमित

बाल स्वास्थ्य तथा खोप शाखाका प्रमूख डाक्टर झलक गौतमले कोरोना संक्रमणको कारण प्रभावित भएको  खोप सेवा बैशाखदेखि नियमित भएको बताउनु भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उहाँले पहिलो चरणको लकडाउनमा खोप सेवा प्रभावित भएपछि खोप सेवा संचालन सम्बन्धि मार्गदर्शन बनाएर  खोप सेवा संचालन गरिएको बताउनु भयो । उहाँले बैशाखदेखि खोप कार्यकर्तालाई मास्क, स्यानिटाइजरको व्यवस्थापन गरी सेवा नियमित गरेको बताउनु भयो ।

उहाँले लकडाउनकै कारण स्थगित भएको दादुरा रुवेला खोप अभियान कोरोना संक्रमण  लकडाउनकै अवस्थामा फेरी शुरु गरिएको पनि बताउनु भयो । उहाँले दारुरा रुवेला खोप अभियानमा २५ लाख ९१ हजार भन्दा बढि  बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप दिइएको समेत बताउनु भयो ।

डा. गौतमले लकडाउनकै समयमा १६ लाख ३७ हजार बालबालिकालाई पोलियो विरुद्धको खोप सेवा समेत दिइएको बताउनु भयो । उहाँले हरेक बर्ष करिव ६ लाख २० हजार बालबालिकालाई मुखबाट खुवाइने रोटा भाइरस र पोलियो विरुद्धको खोप र सुईको माध्यमबाट ६ वटा खोप दिने गरिएको बताउनु भयो ।