कोरोना समिति बैठक

2 years ago

कोरोना समिति बैठक

सरकारले पुनः लकडाउन थप गर्ने तयारी गरेको छ । 

सिंहदबरबारमा सोमबारर बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकमा कोरोना संक्रमितको संख्या बढ्दै गएको अवस्थामा केहि दिन लकडाउन थप गर्न सकिने बिषयमा छलफल भएको हो । 

त्यस्तै लकडाउनले आर्थिक क्षेत्रमा पारेको असरका कारण यसलाई केहि खुकुलो बनाएर जाने बिषयमा पनि छलफल भएको थियो । यसअघि सुरक्षा संयन्त्रले लकडाउन बढाउन समितिलाई सुझाव दिएको थियो ।

बैठकपछि प्रधानमन्त्री कार्यालयका सचिव तथा उच्चस्तरीय समन्वय समितिका सदस्य सचिव नारायणप्रसाद बिडारीले कोरोना रोकथाम तथा नियन्त्रणका विषयमा भइरहेका कामको समीक्षा गर्दै आगामी रणनीतिका बारेमा छलफल भएको जानकारी दिनुभयो । उहाले लकडाउन खोल्ने बिभिन्न मोडालिटीका बारेमा छलफल भएको र मंगलबार बस्ने बैठकले निर्णय गर्ने जानकारी दिनुभयो । 

कोरोना नियन्त्रणका लागि सरकारले चैत्र ११ गतेदेखि लकडाउनको घोषणा गरेको थियो। चरणबद्ध रुपमा थप गरिएको लकडाउन वैशाख २५ गते सकिँदैछ।