कोरोना भाइरस महामारीबाट नेपाली अर्थतन्त्र प्रभावित

2 years ago

कोरोना भाइरस महामारीबाट नेपाली अर्थतन्त्र प्रभावित

कोरोना भाइरस महामारीबाट नेपाली अर्थतन्त्रसमेत प्रभावित हुने विषयलाई मध्यनगर गर्दै आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटका प्राथमिकताबारे ‘भर्चुअल’ अन्तक्र्रियाको आयोजना गरिएको छ । 

दिवंगत भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले पूर्वअर्थमन्त्री अधिकारीको ८५औं जन्मोत्सवको अवसर पारेर शनिबार ‘आर्थिक वर्ष २०७७/०७८ को बजेटको कार्यदिशा’ नामक भर्चुअल अन्तरक्रिया आयोजना गरेको हो । 

राष्ट्रिय योजना आयोगका पूर्व उपाअध्यक्ष डा. स्वर्णिम वाग्ले, पूर्वसांसद एवं योजना आयोगका पूर्वसदस्य डा. डिल्लाराज खनाल, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक लालबाबु यादव, अर्थ्विद डा. गोविन्दबहादुर थापा, डा. विश्व पौडेल, लालबाबु यादव, नेकपा केन्द्रीय सदस्य एवं सांसद रामकुमारी झाँक्री लगाएतले राजश्व, भन्सार, चालु र पुँजिगत खर्च, सामाजिक सुरक्षालगायत बजेटका सबै पाटाबारे धारणा राख्नुभएको थियो ।

पूर्वअर्थमन्त्री अधिकारीले २०५१ सालको मनमोहन अधिकारी नेतृत्वको अल्पमत सरकारमा अर्थमन्त्री छँदा ‘आफ्नो गाउँ आफैं बनाऔं’ कार्यक्रम मार्फत स्थानीय तहमा बजेट पठाउने कामको सुरुआत गर्नुभएको थियो ।

यस्तै ज्येष्ठ नागरिक र एकल महिलालाई सामाजिक सुरक्षा भत्ताको दिने लोकप्रिय कार्यक्रम पनि अधिकारीले नै ल्याउनुभएको थियो । १९९३ साल वैशाख २२ मा महोत्तरीको भ्रमणपुरामा जन्मिएका अधिकारीको २०७५ फागुन १८ गते ८२ वर्षको उमेरमा निधन भएको थियो ।